नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा भुसाल निर्वाचित
 
            काठमाडौं, २९ फागुन । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट महेन्द्र भुसाल निर्वाचित भएका छन् ।
संघको प्रथम साधारण सभा तथा अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी, उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन प्रदेश १, अभिशेक रोगन मधेश प्रदेश, बिक्रम अधिकारी बागमती, हेमन्त श्रेष्ठ गण्डकी, थमबहादुर अधिकारी लुम्बिनी, कान्तप्रसाद सुवेदी कर्णाली, कृष्ण राज ढुँगाना सुदूरपश्चिममा निर्वाचित भएका छन्।
संघको महासचिवमा होम प्रसाद अधिकारी, सचिवमा धीरज मैनाली, कोषाध्यक्षमा प्रकृति आचार्य निर्वाचित भएका छन्।
यसैगरी, सदस्यहरुमा समिर शर्मा, लवेन्द कुँवर, वर्षा कोइराला, मञ्जु दाहाल, हेम विडारी, देवेश कर्ण, ब्रह्म शंकर चौधरी र श्रेयशध्वज जोसी निर्वाचित भएका हुन्।
केही समय अगाडी मात्रै स्थापना भएको यस संस्थाले अब तत्कालै ७ जना उपाध्यक्षहरुको संयोजकत्वमा हरेक प्रदेशमा समिति गठन गर्ने नव निर्वाचित अध्यक्ष भुसाले बताए।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                