तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन
जुम्ला , २९ फागुन । जुम्लाको तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सञ्चालन भएपछि दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्थासम्म आवतजावत गर्न सहज भएको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज तरिकाले स्वास्थ्य सेवा पाउन भनेर एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए । पालिकाले विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने बताएकाे छ ।