कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्यतिर, थप ७३ जनामा सङ्क्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २८ फागुन । नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्यतिर झर्दै गएको छ ।

पछिल्लो समय नेपालमा काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शून्यदेखि २/३ मां सिमित भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना महामारीको तेस्रो चरणको लहर विस्तारै साम्य हुँदै गर्दा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि शून्य हुन थालेको छ ।

गत २४ घन्टामा देशभर कोरोनाका कारण शून्य मृत्यु छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ५ हजार ६२ कोरोना परीक्षण गरिएको छ । जसमा २२ सय ३८ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३० जना र २८ सय २४ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १ सय ९२ जना स्वस्थ भएका छन् भने १ लाख १ हजार ३ सय ४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2022-03-13 08:35:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts