आगामी चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने
काठमाडौं,२७ फागुन । सरकारले आगामी चैत २५ गतेदेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।
सरकारले आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म अभियानकै रुपमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने तयारी गरेको हो ।
खोप शाखाका प्रमुख डा.सागर दाहालले खोप अभियान सञ्चालन हुनुअघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक काम गरिने बताए ।
नेपालमा १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन लागिएको हो ।
Last modified on 2022-03-12 10:49:25