सरकारले ५० वर्ष माथिका नागरिकको मिर्गौला,कलेजो, मुटु लगायतका रोगको परीक्षण नि:शुल्क गर्ने
काठमाडौं,२७ फागुन । सरकारले ५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु लगायतका रोगको परीक्षण नि:शुल्क गर्ने भएको छ ।
बिहीबार मन्त्रिपरिषद्को बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा समेत गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेको ज्येष्ठ नागरिक अस्पताल स्थापनासम्बन्धी प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।