धुलिखेल अस्पतालमा बालिकाको मृत्यु, उपचारमा लापरबाही भएको आफन्तको आरोप



Download our app to get more features

काभ्रे, २७ फागुन । जिल्लाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको आरोप उनका आफन्तले लगाएका छन्। बनेपा नगरपालिका–८ की २ वर्षीयाको उपचारको क्रममा मृत्यु भएको हो।

बालिकालाई ४ दिनअघि झाडापखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। बालिकाका आफन्त अस्पतालभित्र नै पसेर नाराबाजीसहित आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा अवस्था तनावग्रस्त बनेपछि प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको छ। 

डिस्चार्जको तयारीमा रहेका वेला चिकित्सकले एक्कासी शंकास्पद रुपमा मृत घोषणा गरेको मृतकका आफन्तले बताएका छन्। मृतकका आफन्त छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए। त्यहाँ बालिकाकी आमाले डाक्टरलाई भेट्न खोज्दा प्रहरीले नदिएपछि तनाव उत्पन्न भएको थियो।

तर त्यहाँ छलफलबाट कुनै निर्णय नभएपछि आफन्त जिल्ला प्रहरी कार्यालय पुगे पनि कुनै सहमति भने हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि खतिवडाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

Last modified on 2022-03-11 10:55:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts