मृत्युपश्चातको अंगदानले मिर्गौला पीडितहरुलाई धेरै सुविधा पुग्छ : स्वास्थ्यमन्त्री खतिवडा



Download our app to get more features

काठमाडौं,२६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंग दानले मिर्गौला पीडितहरुलाई धेरै सुविधा हुने बताएका छन् । 

बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा आयोजीत कार्यक्रममा बोल्दै खतिवडाले मृत्युपश्चातको अंग दानले मिर्गौला पीडितहरुलाई धेरै सुविधा हुने हुँदा सबैलाई अंग दान गर्न आग्रह गरेका हुन् । 

उनले भने, ‘मिर्गौला पीडितले आफुलाई मिर्गौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

उनले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मिर्गौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुन सक्ने भन्दै आत्तिनु नहुने पनि बताए ।
 

Last modified on 2022-03-10 16:20:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts