वीर अस्पतालको टोल फ्री नम्बरमा अब सबै खालका स्वास्थ्य समस्या राख्न पाइने
काठमाडौं, २६ फागुन । वीर अस्पतालको टोल फ्री नम्बरमा अब सबै खालका स्वास्थ्य समस्या राख्न पाइने भएको छ ।
अस्पतालले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर ११३३ मा अब सबै खालका स्वास्थ्य समस्याहरू राख्न पाइने भएको हो ।
यसअघि उक्त नम्बरमा कोरोना सम्बन्धी मात्र समस्याहरु राख्न पाइने व्यवस्था थियो । वीर अस्पतालकी उप निर्देशक प्रा.डा.अनुपमा कार्कीले कोरोना सँगसँगै अहिले अस्पतालले अन्य स्वास्थ्य समस्या पनि राख्न पाइने व्यवस्था गरेको बताइन् ।
कार्की भन्छिन्, ‘कोरोना महामारीमा हामीले टोल फ्री नम्बरमा कोरोनासँग मात्र सम्बन्धित रहेको समस्याहरु लिने गरेका थियौं । तर, पछिल्लो समय कोरोना सङ्क्रमणदर घटेसँगै त्यस्ता समस्याहरू आउने सङ्ख्या पनि घटेको छ । त्यसलै हामीले अहिले अन्य स्वास्थ्य समस्याहरू पनि लिने गरेका छौं ।’
अस्पतालले सञ्चालन गरेको टोल फ्री नम्बर २४ घन्टा नै सञ्चालनमा रहेको उनले बताइन् ।