कलाकार पल्पसा डंगोल‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण गरिंदै
काठमाडौं,२५ फागुन । हास्य कलाकार पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
डंगोललाई भाइ नाता पर्ने एक व्यक्तिले मिर्गौला दान गरेका छन् । प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्ने अस्पतालले जनाएको छ ।
यसअघि कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि उनको शल्यक्रिया रोकिएको थियो ।
पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । उनी नेपाली हास्य कलाकारको रुपमा चर्चित छिन् ।