स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न फुजिमा आयलले छुट्यायो प्रतिलिटर १ रुपैयाँ
काठमाडौं, २५ फागुन । फुजिमा आयल कम्पनीले महिलामा हुने स्तन क्यान्सरको देशभर निःशुल्क परीक्षण गराउने भएको छ।
अन्तर्राट्रिय नारी दिवसको अवसरमा पत्रकार सम्मेलन गरी कम्पनीले यस वर्ष महिलामा देखिने स्तन क्यान्सरको देशभर निःशुल्क परीक्षण गर्न आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्समा प्रति लिटर एक रुपैयाँ छुट्याएको जनाएको हो।
कम्पनीले मंगलबार विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको सुरुवातसमेत गरेको छ।
ग्लोबल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांकअनुसार नेपालमा ९.६ प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ। जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ। जुन १ करोड ३६ लाख ४४ हजार ६६९ हुन आउँछ। त्यसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको अध्ययनले देखाएको छ। क्यान्सरको यस भयावह अवस्थामा नेपाली महिलाको जीवन रक्षाका लागि समयमै परीक्षण गराउन प्रोत्साहित गर्ने उद्देश्यले कम्पनीले अभियान सुरुवात गरेको जनाएको हो।
फुजिमा आयल कम्पनीले कन्ट्रोल लुव्रिकेन्ट्ससँगै म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिजमा नेपालमै पहलोपटक प्रडक्ट लियाबिलिटी इन्स्यरेन्स गराएको छ। इन्स्युरेन्सअन्तर्गत फुजिमा आयलका उत्पादनहरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज प्रयोगपछि इन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा इन्स्युरेन्समार्फत क्षतिपूर्ति दिइने छ।
नेपालको लुव्रिकेन्ट र ग्रिज उत्पादन गर्ने कम्पनीमध्ये क्षतिपूर्ति दिने फुजिमा आयल पहिलो र एकमात्र कम्पनी रहेको दावी गरिएको छ।