स्नातकोत्तर तहका विद्यार्थी छनौटको प्राथमिकता निर्धारण प्रणाली संशोधन



Download our app to get more features

काठमाडौं, २५  फागुन । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका खुलातर्फका सिटहरूमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण सम्बन्धी व्यवस्था संशोधन गरेको छ।

आयोगले शिक्षण संस्था वा शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि २०७८ संशोधनसहित प्राथमिकता निर्धारण गरिने बताएको छ। 

प्राथमिकता निर्धारण एकपटक मात्र गराइने भएकाले योग्यताक्रमको सूचीमा रहेका उम्मेदवारहरूले अनिवार्य रुपमा प्राथमिकता निर्धारण गर्नुपर्ने आयोगले जनाएको छ। 

साथै  नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीज अन्तर्गतको स्पेसियालटी (NBMS-S) शैक्षिक कार्यक्रमका लागि पनि यसै म्याचिङ प्रक्रियामार्फत भर्ना गरिने आयोगले जानकारी दिएको छ ।

 

Last modified on 2022-03-09 14:36:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts