कोरोना महामारीको प्रभावले लैङ्गिक असमानता बढ्दो : युनिसेफ
काठमाडौं,२४ फागुन । कोरोना महामारीको प्रभावले लैङ्गिक असमानता झन धेरै गुणाले बढेको युनिसेफले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिनरसेलले वक्तव्य जारी गर्दै कोभिड- १९ भन्दा पहिले पनि लैङ्गिक असमानता हाम्रो परिवेशमा सबै भन्दा व्यापक र उल्लेखनीय अन्यायको रूपमा कायम रहेको र यो महामारीको प्रभावले यो झन् धेरै गुणाले बढेको बताएका हुन् ।
उनले कोभिड-१९ पुन स्थापनामा बालिकाहरूलाई प्राथमिकता दिनुपर्ने पनि बताएका छन् । त्यस्तै उनले विश्वका महिला र बालिकाहरूका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको कडा सङ्घर्षको उपलब्धिको कदर गर्जे पनि बताए ।
तर,लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी रहेको उनले बताए छ । कोभिड-१९ को तेस्रो वर्षमा प्रवेश गरेसँगै र महामारी पछिको युगको लागि काम गरेसँगै,पुन स्थापना लैङ्गिकताको हिसाबले समान हुनुपर्ने उनले भनेका छन् ।
"कोभिड-१९ ले बालिकाहरूको जीवनमा नराम्रो असर गरिरहेको छ। बन्द विद्यालयहरू, आर्थिक तनाव तथा सेवामा अवरोधहरूले सबै भन्दा कमजोर बालिकाहरूको स्वास्थ्य, कल्याण र भविष्यलाईजोखिममा पारिरहेका छन् । विश्वव्यापी रूपमा,१ करोड दश लाख भन्दा बढीबालिकाहरू महामारीपछि कहिल्यै विद्यालयमा नफर्कन सक्छन् । अर्को दशकमा,थप एक करोड बालिकाहरू बालविवाहको जोखिममा रहने छन् ।साथै, संयुक्त राष्ट्रसंघीय जनसंख्याकोष (UNFPA) का अनुसार, महिलाको यौनाङ्गविच्छेदका २० लाख थप घटनाहरू हुन सक्ने" उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।