हात्तिपाइलेरुद्धको औषधि खुवाउने अभियानमा सरकारको यस्तो छ तयारी
काठमाडौं,२३ फागुन । सरकारले फागुन २८ गतेदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ ।
स्वास्थ्य विभाग अन्र्तगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको हो ।
सोमवार पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाका निर्देशक डा.चुमनलाल दासले उक्त अभियानको तयारी पूरा भइसकेको बताए ।
उनले कार्यक्रको लागि आवश्यक पर्ने योजना तर्जुमा केन्द्र,प्रदेश तथा स्थानिय तहहरुमा सञ्चालन भइसकेको र आवश्यक पर्ने औषधी तथा स्वास्थ्य सामग्री सबै जिल्ला तथा पालिका तह सम्ममा पूगी सकेको र स्वास्थ्य संस्थामा पुग्ने क्रममा रहेको बताए ।
त्यस्तै सरकारले १० जिल्लाका ६२ लाख ६३ हजार सर्वसाधरणलाई औषधी सेवन गराउने लक्ष्य लिएको साथै औषधी सेवन कार्यक्रममा ४ हजार ७ सय स्वास्थ्यकर्मी र ८ हजार ८ सय जना महिला स्वास्थ्य स्वयमसेविका परिचालित हुने पनि उनले बताए ।