नोबेल कलेजका अनशनरत विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन
काठमाडौं,२३ फागुन । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका अनशनरत १० जना विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आउँदो एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो ।
सभापति जयपुरी घर्तीले विद्यार्थीहरू पढ्न छोडेर अनशन बस्ने हदसम्म कलेजले पुर्याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन् ।
उनले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनुपर्ने बताइन् ।
Last modified on 2022-03-08 10:49:25