सुत्केरी महिलाको पेटमै छुट्यो स्टिच निडिल सुई



Download our app to get more features

काठमाडौं,२३ फागुन । रौतहटमा सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको भेटिएको छ । डाक्टरहरुको लापरवाहीले अप्रेसन गर्ने क्रममा डाक्टरहरुले सुत्केरी महिलाको पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् ।

दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोलाई प्रसूति पीडा भएपछि उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए ।

महतोको अप्रेशनमा डा.संजितकुमार साह नेतृत्वले गरेको थियो । अप्रेशनपछि डाक्टरले टाँका लगाउने स्टिच निडिल सुई पेटमै भुलेको बताइएको छ ।

अप्रेसन गरिएको केही घन्टामै सुत्केरी महिलाको पेटमा असह्य पीडा भएकोले उनलाई चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा लगिएको थियो । 

चन्द्रपुर अस्पतालमा महिलाको पेटको पुनः अपरेसन गरेर पेटभित्र छुटेका २ थान स्टिच निडिल सुई निकालिएको थियो। अहिले महिला र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts