युक्रेनबाट फर्किने नेपालीको स्वास्थ्य परीक्षणका लागि एयरपोर्टमा छुट्टै हेल्थ डेस्क



Download our app to get more features

काठमाडौं,२२ फागुन । युक्रेनबाट स्वदेश फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्थ डेस्क स्थापना हुने भएको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रुस र युक्रेनबीचको जारी द्वन्द्व युद्धका कारण स्वदेश फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि छुट्टै हेल्थ डेस्क स्थापना गर्न लागेको हो । 

सीसीएमसीका अनुसार युक्रेन तथा रुसबाट आउने नेपालीहरुको विमानस्थलमै एन्टिजेन परीक्षण गरिने छ । एन्टिजेन नेगेटिभ आएकाहरुलाई स्वघोषणा गर्न लगाइ होम क्वारेन्टिनमा पठाइने छ । एन्टिजेन पोजेटिभ आएकाहरुलाई भने संस्थागत आइसोलेसनमा पठाउने गरी स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गर्ने छ ।

त्यस्तै कोभिडविरुद्धको पूर्ण खोप लगाएको १४ दिनको अवधि पूरा गरेका यात्रुहरुलाई भने पीसीआर रिपोर्ट अनिवार्य नगर्ने र लक्षण देखिएकाहरुको हकमा हेल्थ डेस्कमै एन्टिजेन परीक्षण गरिने छ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts