चीनमा चिकित्सा शिक्षा पढेका विद्यार्थीले अझै इन्टर्नसिप गर्न नपाएपछि अनसनमा



Download our app to get more features

काठमाडौं,२० फागुन । इन्टर्नसिप गर्नबाट बञ्चित भएपछि चीनमा चिकित्सा शिक्षा पढेका विद्यार्थी अनसनमा बसेका छन् । उनीहरू विगत ५ दिनदेखि माइतीघरमा अनसन बसिरहेका छन् । 

सरकारले चिनमा अध्ययन गरेका २०१५ र २०१६ व्याचका विधार्थीहरूलाई नेपालमै इन्टर्नसिप गर्न पाउने निर्णय गरेपनि चिकित्सा शिक्षा आयोगले आफूहरूलाई पत्र नदिएको भन्दै उनीहरू आमरन अनसनमा बसेका हुन् । 

अनसनमा बसेका विद्यार्थीहरू भन्छन्,'मन्त्रीपरिषद्बाट हामीले नेपालमै इन्टर्नसिप गर्न पाउने निर्णय भयो तर नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले आलटाल गर्यो,मन्त्रीपरिषदबाट निर्णय भयो किन हामीलाई पत्र दिनुभएन भन्दा जानुस मन्त्रीपरिषद्मा नै माग्नुस भन्नुहुन्छ ।'

कोरोना महामारीका कारण नेपाल फर्केका चीनमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूले नेपालमा इन्टर्नसिप गर्नको लागि स्वीकृतिको माग गर्दै पटकपटक प्रदर्शन गर्दै आएका थिए । 

विद्यार्थीहरूको प्रदर्शन पछि सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो।

Last modified on 2022-03-05 08:22:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts