टेस्ट ट्यूब बेबी सेन्टरलाई १५ दिन भित्र दर्ता प्रक्रियामा आउन सरकारको निर्देशन
काठमाडौं, १९ फागुन । सरकारले गैरकानूनी रुपमा सञ्चालित टेस्ट ट्यूब बेबी सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार सूचना जारी गर्दै इजाजत नलिई सञ्चालनमा रहेका टेष्ट ट्युब बेबी सेन्टरहरूलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो।
तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरूलाई पनि निवेदनसहित जानकारी गराउन भनेको छ ।
Last modified on 2022-03-05 08:22:04