सप्ताहव्यापी नेशनल पेडियाट्रिक नर्सिङ्ग दिवस मनाइदै



Download our app to get more features

काठमाडौं,१६ फागुन । आजदेखि सप्ताहव्यापी नेशनल पेडियाट्रिक नर्सिङ्ग दिवस मनाइदै छ । कोरोनामहामारी पछि बालबालिकाहरुको वीस्तृत हेरचाहमा पेडियाट्रिक नर्सहरु भन्ने मुल नाराका साथ उक्त दिवश मनाउन लागिएको हो । 

दिवशको अवसरमा पेडियाट्रिक नर्सेस एशोसियशन अफ नेपालले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरी मनाउन लागिएको एशोसियशनकी अध्यक्ष अप्सरा पाण्डेले बताइन्। 

विगत ४ बर्षदेखि पेडियाट्रिक नर्सिङ्गको बारेमा वकालत गर्दै आइरहेको एशोसियशनले ३ वर्षदेखि सप्ताहव्यापी रुपमा नेशनल पेडियाट्रिक नर्सिङ्ग दिवश मनाउन थालेको हो। 

एशोसिएसनका अनुसार फागुन १६ देखि १७ गते मिडिया एड्भोकेसी, १८ देखि २० सम्म विभिन्न प्रदेशमा फोकल पर्सनको छनोट, २१ गते बालबालिकाको मानसिक स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम र २२ गते त्रिवि शिक्षण अस्पतालमा समापन हुने छ ।

बालबालिकाहरुको समग्र विकाश र स्वास्थ्यलाई ध्यानमा राख्दै एशोसियशनले यो दिवश मनाउदै आइरहेको छ । एशोसियशनले किशोर किशोरीहरुको सहभागिता तथा बालअधिकार सम्बन्धी अध्ययन अनुसन्धान तथा कार्यक्रमहरु गर्दै आएको छ । 

पेडियाट्रिक नर्सेस एशोसियशन अफ नेपाल नेपाली बालबालिकाहरुको सर्वाङ्गिण विकास,स्वास्थ्य र शिक्षा सम्बन्धी विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने,बालबालिकाहरुको समग्र विकास सम्बन्धी नर्सिङ्ग सेवालाई समय अनुकुल स्तरीय बनाउँदै लैजाने उदेश्यले खोलिएको पाण्डेले बताइन् । 
 

Last modified on 2022-02-28 11:55:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts