देशभर थपिए १ सय ११ नयाँ सङ्क्रमित, निको हुनेको दर ९८ प्रतिशत नजिक



Download our app to get more features

काठमाडौं, १५ फागुन । नेपालमा काेराेना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ लाख १६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १ सय ११ नयाँ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयको अद्य्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ९ हजार ७ सय १० कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ४ सय ८६ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ९४ जना र ३ हजार २ सय २४ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ लाख १६ हजार १ सय ९१ पुगेको छ । 

गत २४ घन्टामा देशभर थप  १ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ४ सय १५ जना स्वस्थ भएका छन् ।

हालसम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्य निको हुनेको सङ्ख्या ९ लाख ५६ हजार ४ सय १३ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९७.९ प्रतिशत हो ।

यस्तै हालसम्म कोरोनाका कारण देशभर ११ हजार ९ सय ३५ जनाको मृत्यु भएको छ ।

Last modified on 2022-02-28 07:16:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts