कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला
काठमाडौं,१५ फागुन । कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।
अस्पतालको अनुसार आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको हो ।
विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको बताएको छ ।
Last modified on 2022-02-27 14:41:24