वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गरिने



Download our app to get more features

 काठमाडौं,१३ फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि निःशुल्क पीसीआर परीक्षण हुने छ ।

निःशुल्क पीसीआर परीक्षण गर्नका लागि सरकारले वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्ने जनाएको छ ।

Last modified on 2022-02-26 08:54:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts