मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज
काठमाडौं,१३ फागुन । जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले मिथिला मेडिकल कलेजको सम्बन्धन खारेज गरेको जनाएको हो ।
विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यालयले जनाएको छ । नेपाल संस्कृति विश्वविद्यालयअन्तर्गथत मिथिला मेडिकल कलेजले आयुर्वेद स्नातक तह (बीएएमएस) सम्बन्धन पाएको थियो ।
उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको हकमा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको डिन कार्यालयले जनाएको छ ।