टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु



Download our app to get more features

काठमाडौं,१० फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ।

प्रयोगशालाले एक सूचना जारी गर्दै मंगलबारदेखि जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु गरिएको जनाएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा.रुणा झाले जनस्वास्थ्य प्रयोजनका लागि उक्त परीक्षण हाललाई निःशुल्क रुपमा सञ्चालन गरिएको जनाएकी छिन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts