बागमती प्रदेशमा स्वास्थ्यका ४५ जना कर्मचारी माग
काठमाडौं,९ फागुन । बागमती प्रदेशका लागि स्वास्थ्यका विभिन्न पदहरुमा कर्मचारी माग गरिएको छ । सोमबार प्रदेश लोकसेवा आयोगले सूचना प्रकाशन गर्दै ४५ पदका लागि कर्मचारी माग गरेको हो ।
आयोगले पेडियाट्रि मेडिसिन, जनस्वास्थ्य प्रशासक, जनरल प्याथोलोजी, जनरल सर्जरी, माईक्रोबायोलोजी, पेडियाट्रि मेडिसिन, जनरल मेडिसिन, अर्थोपेडिक सर्जरी, साइकियाट्री लगायतका पदहरुका लागि कर्मचारी माग गरेको छ ।
त्यस्तै नवौँ तहका पदहरुमा ज्येष्ठता,आन्तरिक प्रतिस्पर्धा,कार्यक्षमता र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको छ ।
Last modified on 2022-02-21 13:11:44