ललितपुर महानगरपालिकामा आजबाट कोरोना खोपकोप बुस्टर लगाइँदै
काठमाडौं, ९ फागुन । ललितपुर महानगरपालिकामा आज र भोलि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाइँदैछ ।
महानगरपालिकाले सूचना जारी गर्दै २९ वटा वडाका नागरिकलाई आज र भोलि दुई दिन बुस्टर मात्रा लगाउने बताएको हो ।
१८ वर्षभन्दा माथिका बुस्टर लगाउन बाँकी रहेकालाई बुस्टर खोप लगाइने छ । यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र पहिले खोप लगाएको कार्ड पनि लिएर जान महानगरपालिकाले आग्रह गरेको छ ।
Last modified on 2022-02-21 16:28:12