भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

नेपालगञ्ज, ८ फागुन । बर्दियाकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका-९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।

फागुन २ गते भेरीमा पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको छ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४७ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts