कोरोना महामारीे अन्त्यका लागि राष्ट्रिय सभा अध्यक्षसहित प्रदेश सभा सदस्यहरूले गरे १५ बुँदे प्रतिवद्धता
काठमाडौं, ८ फागुन । कोरोना महामारीको अन्त्यका लागि राष्ट्रिय सभा अध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामूख तथा प्रदेश सभा सदस्यहरूले १५ बुँदे प्रतिवद्धता गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पोखरामा शनिबार आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिमः सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा सङ्घीय संसदको राष्ट्रिय सभा र सातै प्रदेश सभाहरूको नेतृत्त्वमा रहेका जनप्रतिनिधिहरूले १५ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी जनप्रतिनिधि महामारीको छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन, देशको दिगो शान्ति, सन्तुलित विकास र समृद्धिका लागि मिलेर काम गर्न प्रतिबद्ध छौं ।’
उनिहरूले कोभिड महामारीको त्रासदीमा पनि नागरिक जीवन रक्षामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, जनस्वास्थ्य अधिकारी, सुरक्षा निकायका कर्मचारीहरूसहित अग्रभागमा खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र स्वयंसेवकहरू साथै मित्र राष्ट्र, दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पटक कोभिड–१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताइन् ।
यस्तो छ प्रतिवद्धता पत्र: