कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५० हजार नाघ्यो, सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै



Download our app to get more features

काठमाडौं, ७ फागुन । नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५० हजार नाघेको छ । 

पछिल्लो समय दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १ हजार २ सय ७२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५० हजार ५६ पुगेको छ । योदर कुल सङ्क्रमितको ९७ दशमलव ४ प्रतिशत हो । 

कोरोना महामारीको दोस्रो चरणको लहरमा कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत पुगेको थियो । तर, तेस्रो चरणको लहर सुरु भएपछि फेरि निको हुने दर ६६ प्रतिशतमा झरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप ३ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । 

गत २४ घन्टामा देशभर ७ हजार ९६ कोरोना परीक्षण गरिएको छ । जसमा आरटी पिसिआर विधिबाट ३ हजार ५ सय ३८ परीक्षण गर्दा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय ५२ जनाम सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७५ हजार ३ सय ३० र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ३८ हजार ५ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय १७ पुगेको छ ।

देशभर नयाँ सङ्क्रमितको सङ्ख्या घट्न थालेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गेको छ । 

हाल देशभर १३ हजार ३ सय ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

 

 

 

Last modified on 2022-02-20 07:41:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts