अस्पतालकाे लापरबाहीले सुत्केरीकाे मृत्यु भएकाे आराेप
जनकपुरधाम, ७ फागुन । प्रादेशिक अस्पताल जनकपुरधाममा लापरबाहीको कारणले एक सुत्केरी महिलाको मृत्यु भएको छ।
सामान्य डिलेभरीबाट बच्चाको जन्म दिएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका(५ लवटोलीका ३० वर्षीय आरती यादवको प्रादेशिक अस्पतालको लापरबाहीले मृत्यु भएको परिवारजनले आरोप रहेका छन्।
प्रसव पीडा रहेकी यादवलाई फागुन ५ गते अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। भर्ना पश्चात शुक्रबार राति ७ बजे उनले बच्चालाई जन्म दिइन्। बच्चा जन्मेको ९ घण्टा पश्चात उनको मृत्यु भएको छ।
यादवको स्वास्थ्य अवस्थाबारे डिउटीमा रहेकी नर्स नैनतारा साह र अम्बिका यादवलाई पटक(पटक जानकारी गराए पनि कुनै चासो नदिएको मृत्कका जेठाजु सीताराम यादवले बताए।
अस्पतालमा प्रसुति सेवामा कार्यरत चिकित्सक नै नरहेको र महिलाको मृत्युपछि मात्र चिकित्सकहरू आएर घटना ढाकछोप गर्न आइसियुमा भर्ना गरेको परिवारजनको आरोप छ।
प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा। प्रमोद यादवले कुनैकुनै प्रसुतिमा यस्तो घटना हुने गरेको जिकिर गर्दै अस्पतालको कुनै लापरबाही नरहेको बताए। आरतीको श्रीमान वैदेशिक रोजगारमा छन्।