स्वास्थ्य सेवा नियमावली संशोधनको लागि सुझाव माग्दै मन्त्रालय
काठमाडौं, ६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा नियमावली संशोधन गर्ने भएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा नियमावली २०५५ लाई समयानुकुल परिमार्जन तथा संशोधन गर्न लागेको हो।
मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएसँगै संशोधनका लागि राय सुझाव दिन माग गरेको छ।
मन्त्रालयका अनुसार नियमावलीमा सुझाव दिन चाहनेले मन्त्रालयको कानुन तथा फैसला शाखामा बुझाउन सक्ने वा मा इमेल गर्न सक्ने जनाएको छ।