कामपाबाट खोपको ‘क्यूआर कोड’ सहितकोे प्रमाणपत्र लिने धेरै, राम्रोसँग सर्भर नचल्दा समस्या
काठमाडौं, ५ फागुन । काठमाडौं महानगरबाट कोरोना खोपको ‘क्यूआर कोड’ सहितको प्रमाणपत्र लिन आउने धेरै रहेका छन् ।
महानगरको स्वास्थ्य शाखाका अनुसार बुधबारसम्म लगभग १ लाख २८ हजारले क्यूआर कोड सहितको प्रमाणपत्र लिइसकेका छन् ।
शाखाका प्रमुख बलराम त्रीपाठीका अनुसार अनलाइन फम भरेका लगभग १ लाख ५५ हजार प्रमाणपत्र लिने प्रक्रियामा छन् भने त्यसमध्ये लगभग १० हजार कागजपत्र नपुगेको अवस्थामा छ ।
प्रमाणपत्र लिनेहरुमा सबै मात्रामा बैदेशिक रोजगारीमा जान लागेकाहरु रहेको उनले बताए । धेरैलाई खोपको प्रमाणपत्र लिनुपर्ने थाहाँ हुँदैन,थाहाँ भएकाहरु पनि काठमाडौंबाट नै लिने भनेर आउनुहुन्छ । विमानस्थल नजिक पनि छौं हामी त्यसैले धेरै संख्यामा आउनुभएको होला,त्रीपाठीले भने ।
तर स्वास्थ्य विभागले क्यूआर कोड सहितको प्रमाणपत्र दिने एउटा मात्र मेशिन दिएको हुँदा काम गर्न गाह्रो भएको उनी बताउछन् ।
त्रीपाठी भन्छन्,मेशिनको सर्भरमा समस्या नआएको भन्ने दिन हुँदैन,दिनहु विभागलाई फोन गर्नुपर्छ । यदि मेशिनको सर्भरमा समस्या नआउने हो भनेपनि सेवाग्राहीहरु लामो लाइनमा बस्नु पर्दैन थियो होला ।
सरकारले पछिल्लो समय स्थानीय तहबाट नै कोरोना खोपको ‘क्यूआर कोड’ सहितकोे प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।