सोवा हेल्थ केयरमा नबिल बैंकका ग्राहक तथा कर्मचारी छुट सुविधा



Download our app to get more features

काठमाडौं, ५ फागुन । नबिल बैंकले सोवा हेल्थकेयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ। नबिलका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले उक्त साझेदारीको लाभ उठाउन सक्ने बैंकले जनाएको छ।

ललितपुरको एकान्तकुनास्थित सोवा हेल्थकेयर अत्याधुनिक प्रविधि र विविध सेवा भएको नयाँ उन्नत पोलिक्लिनिक हो। जसले चिकित्सा र टेलिमेडिसिन सेवामा सजिलो पहुँच प्रदान गर्दछ। कोभिड १९ को समयमा सोवा हेल्थकेयरले घरमै नमुना सङ्कलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवा उपलब्ध गराउँदै आएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८७ एटीएम, एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिलले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवा सुरु गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts