अब देखि दुबई जाने यात्रुले ६ घन्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने



Download our app to get more features

काठमाडौं,४ फागुन । दुबई जाने यात्रुले अब देखि ६ घन्टा  भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ। 

मंगलबार नेपाल एयरलायन्सले सूचना प्रकाशित गरी ६ घन्टा  भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने बताएको हो । 

सूचनामा संयुक्त अरब इमिरेट्स परिवर्तिन नयाँ नियम अनुसार यसअघि कायम गरिएको नियम हटाइएको जनाएको छ। तर दुवई यात्रा गर्ने व्यक्तिले उडान समयको ४८ घन्टाभित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनु पर्ने नियम भने कायमै रहेको छ । 

Last modified on 2022-02-16 14:29:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts