कोरोनाविरुद्वको खोप अभियानमा लापरबाही भएको छानबिन समितिको निष्कर्ष



Download our app to get more features

काठमाडौं,४ फागुन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोरोना भाइरसविरुद्धको खोप अभियानमा लापरवाही भएको निष्कर्ष निकालेको छ ।

कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पैसा लिई खोप लगाएको, खोपको उचित भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको बताएको छ ।

समितिले आठ बुद्धामा सुझाव दिदै सरकारलाई खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही गर्न समेत भनिएको छ । 

त्योसँगै समितिले तयार पारेको प्रतिवेदनमा कोरोनाविरुद्वको खोप कार्यक्रममा तिन तहको सरकारबीच  प्रभावकारी समन्वयको अभाव भएको हुनाले संघीय प्रणालीमा स्वास्थ्य क्षेत्रको संरचना पुनरावलोकन गर्नुपर्ने,खोप कार्यक्रम सम्बन्धि विवरण सबै स्थानीय तहले उपलब्ध नगराएको सम्बन्धमा स्वास्थ्य कार्यलयको भूमिका परिमार्जन गरी सबै स्थानीय तहमा सञ्चालित खोप कार्यक्रमको अभिलेख तथा मौज्दात अनुगमन सम्बन्धि सम्पूर्ण अधिकार सहितको जिम्मेवारी जिल्ला स्थित स्वास्थ्य कार्यलयलाई दिनुपर्ने । 

त्यस्तै सबै स्थानीय तहले आफ्नो स्वास्थ्य संस्था मार्फत सञ्चालित खोप कार्यक्रमको विवरण अनिवार्य रुपमा तोकिएको खोप रजिष्टर भर्ने,खोप मौज्दात अध्यावधिक गर्ने र खोप लगाएको विवरण तोकिएको ढाँचामा पूर्ण रुपमा दैनिक तथा मासिक प्रष्टि गर्ने । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा,प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यलयहरुले खोपको प्राप्ति र निकासिको अनिवार्य अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने । 

खोप अभियानको क्रममा लक्षित समूह बाहेकका व्यक्तिहरुलाई खोप लगाएको,बुस्टर मात्रा लगाउने आधिकारिक निर्णय नहुँदै खोप लगाएको सम्बन्धमा खोप सम्बन्धी स्वीकृत नीति,रणनीति,मापदण्ड र बजेट तथा कार्यक्रमहरुको कार्यान्वयन प्रभावकारी भए नभएको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग,प्रदेश स्वास्थ्य हेर्ने मन्त्रालय र स्थानीय तहहरुको प्रत्यक्ष अनुगमन गर्नुपर्ने कुराहरु समावेश छन् । 

केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो । खोप हराएको विषयमा आलोचना बढेपछि स्वास्थ्यमन्त्री खतिवडाले छानबिन समिति गठन गरेका थिए ।


 

Last modified on 2022-02-17 10:31:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts