प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा स्टार अस्पतालका निर्देशक डा. शैल रुपाखेती नियुक्त
.jpg&w=800&h=480&static=true)
काठमाडौं, ३ फागुन । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा स्टार अस्पतालका निर्देशक डा. शैल रुपाखेतीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।
प्रधानमन्त्री कार्यालयले आइतबार डा. रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु, प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।