बर्डफ्लूको संक्रमण कसरी हुन्छ ? यस्ता छन यसका लक्षणहरु
काठमाडौं,३ फागुन । नेपालमा पछिल्लो समय बर्डफ्लूको संक्रमण देखिन थालेको छ । बर्डफ्लू भनेको पंक्षीहरुमा देखिने एक प्रकारको रोग हो र यो रोगको जीवाणु इन्फ्लुएन्जा भाइरस हो ।
पंक्षीमा बर्डफ्लू लगाउने जीवाणु इन्फ्लुएन्जा भाइरस A(H5N1),A(H7N9) र A(H7N2) ले मानव स्वास्थ्यमा पनि असर पुर्याउँछ । भाइरस व्यक्त्ति व्यक्त्ति बिचमा सर्दैन तर संक्रमित पंक्षीद्वारा भने व्यक्त्तिमा सर्न सक्दछ ।
संक्रमित व्यक्तिमा देखिने बर्डफ्लूका लक्षणहरु :
-ज्वरो आउनु ।
-सास फेर्न गाह्रो हुनु ।
-थकित महसुस हुनु ।
-घाँटी,पेट र मांसपेशी दुख्नु ।
-खोकी लाग्नु ।
-बान्ता हुनु ।
-पखाला लाग्नु ।
-निमोनिया हुनु ।
बर्डफ्लूको रोमथाम र नियन्त्रण कसरी गर्ने ?
-पंक्षीहरु पालिएको खोर सधैँ सफा राख्ने र समय समयमा निसंक्रमण गर्ने ।
-खोरहरु सफा गर्दा आफ्नो व्यक्तिगत सुरक्षाका निम्ति मास्क,बुट र पन्जा लगाउने ।
-खोर सफा गरिसकेपछि वा पंक्षीहरुको सम्पर्कमा पुगेपछि साबुनपानीले मिचिमिची हात धुने ।
-संक्रमण भएको खण्डमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने ।
-संक्रमित व्यक्त्तिले हाच्छिउँ गर्दा कुहिना,रुमाल वा टिस्टू पेपरलाई उचित स्थानमा व्यवस्थापन गर्ने ।
-संक्रमित व्यक्त्ति आइसोलेसनमा बस्ने ।
-जथाभावी र जतिबेला पनि आफ्नो आँखा,नाक र मुख नछुने ।