अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस
बालबालिकामा देखिने क्यान्सर कसरी पहिचान गर्ने ?
काठमाडौं,३ फागुन । बालबालिकामा विभिन्न खालका क्यान्सरहरु देखिन सक्दछन् । ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर हो । बालबालिकामा हुने क्यान्सर जति चाँडो पहिचान गर्न सक्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिन्छ ।
बालबालिकाहरुमा ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्युरोब्लास्टोमा, विल्म्स ट्युमर जस्ता क्यान्सर देखिन सक्छ। बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेवित्त्किै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने हो।
समयमै पत्त लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ । सरकारले बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा गर्ने व्यवस्था गरेको छ ।
Last modified on 2022-02-16 13:02:52