खोप खोज्न गठन गरेको छानबिन समितिले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन
काठमाडौं,२ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको कोभिड-१९ विरुद्धको खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
सोमबार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो । छानबिन समितिको संयोजक रहेका डा.गुणराज लोहनीले मन्त्रीले नै उक्त विषय सार्वजानिक गर्ने बताए ।
केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो । खोप हराएको विषयमा आलोचना बढेपछि स्वास्थ्यमन्त्री खतिवडाले छानबिन समिति गठन गरेका थिए ।
Last modified on 2022-02-15 12:20:27