गोरखामा हिउँ खेल्न गएका दुई किशोर मृत फेला

गोरखा,२ फागुन । गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृतक फेला परेका छन् । आइतबार स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले मृतकको शव फेला पारेको हो।
मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र वडा नम्बर २ का सञ्जय घले रहेका छन ।
उनीहरू माघ २० गते हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक हिँडेको र फर्केर नआएपछि आफन्तले तीन दिनपछि मात्रै प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका-१ कुन्द्रामा खोंचमा भेटिएको थियो ।