नेपालमा थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप ल्याइयो
काठमाडौं,२ फागुन । नेपालमा थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप ल्याइएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन माहाशाखाका अनुसार बेलायतबाट कोभ्याक्स सुबिधा अन्तर्गत थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको हो।
बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो । त्यसमध्ये यसअघि नै ८ लाख ६२ हजार ८० डोज खोप आइसकेको छ भने बाँकी रहेको १३ लाख १२ हजार ८० डोज खोप सोमबार ल्याइएको हो ।
Last modified on 2022-02-14 16:44:32