चितवनमा ५६ हजार बढी बालबालिकाले लगाए मोडर्ना खोप



Download our app to get more features

चितवन,२ फागुन । जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७ सय ८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । 

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५ सय ८५, खैरहनीमा ५ सय ३५, माडीमा ३ हजार १ सय १४ , रत्ननगरमा ८ हजार ७ सय १६, राप्तीमा ४ हजार ९ सय २७, कालिका नगरपालिकामा ३ हजार ६ सय ५२ र इच्छाकामना गाउँपालिकामा २ हजार २ सय ५२ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २ सय  भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts