काठमाडौंको गोकर्णेश्वरमा बर्डफ्लु देखियो
काठमाडौं,१ फागुन । काठमाडौंको गोकर्णेश्वरमा बर्डफ्लु देखिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवाखानीमा बर्डफ्लु देखिएको हो ।
पशु सेवा विभागका अनुसार बर्डफ्लु देखिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ लौकाट नष्ट गरिएको छ ।
केही दिनअघि चितवनको राप्ती नगरपालिका वडा नं ६मा बर्डफ्लु देखिएको थियो । चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, २० गोटा हाँसको अन्डा, १ हजार केजी दाना र ३ सय ५० गोटा अन्डाको क्रेट नष्ट गरिएको थियो ।
बर्डफ्लु देखिएपछि सुरक्षाका उपायहरू अपनाउन विभागले आग्रह गरेको छ । कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा बिरामी परेमा नजिकको पशु सेवा निकायमा जानकारी गराउन पनि विभागले भनेको छ ।
Last modified on 2022-02-14 15:13:01