गत २४ घन्टामा ५ सय २१ जनामा संक्रमण पुष्टि,थप १० जनाको मृत्यु
काठमाडौं,१ फागुन । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १० हजार १ सय १५ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार २७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ सय २७ र ४ हजार ७८ एन्टीजेन परीक्षण गर्दा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ हजार ९ सय ३५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरानाबाट स्वस्थ हुनेको संख्या ११ लाख १० हजार ४ सय ७१ पुगेको छ।
गत २४ घन्टामा देशभर ५६ हजार १२ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।