आइतबारबाट स्मार्ट लकडाउन खुकुलो बन्दै,शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म सञ्चालन
काठमाडौं,१ फागुन । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि बन्द भएका शैक्षिक संस्था,रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय आइतबारदेखि सञ्चालन हुँदैछन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शैक्षिक संस्था,रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय सञ्चालन हुन लागेका हुन् ।
कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन हुन लागेका छन् ।
सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो ।