देशभर थप ८ सय ३६ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
काठमाडौं, २९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ।
शनिबार १ हजार ८२६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ४ हजार २६० पीसीआर तथा २ हजार ३९४ एन्टिजेन परीक्षण भएको छ।
Last modified on 2022-02-13 08:12:07