देशभर २ हजार बढी स्वस्थ हुँदा १ हजार १ सय २८ संक्रमित थपिए
काठमाडौं,२८ माघ । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १० हजार ९ सय ८९ कोरोना परीक्षण गरिएको छ । जसमा १७ हजार ४ सय ४७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ सय ६६ र ३ हजार ५ सय ४२ एन्टीजेन परीक्षण गर्दा ४ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ हजार २ सय १५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरानाबाट स्वस्थ हुनेको संख्या ९ लाख ३२ हजार ८ सय २२ पुगेको छ।
गत २४ घन्टामा देशभर १ लाख ४५ हजार २ सय ६५ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।