त्रिवि शिक्षण अस्पतालको फार्मेसीमा अव्यवस्थित भीड, संक्रमणको जोखिम (फोटो फिचर)



Download our app to get more features

काठमाडौं, २७ माघ । देशको पुरानो अस्पतालहरु मध्येको एक केन्द्रिय अस्पताल  त्रिवि शिक्षण अस्पताल भित्रको फार्मेसीमा बिहानैदेखि बिरामीको लागि औषधि खरिद गर्नेको भिडभाड छ।

बिहीबार बिहान करिब १० बजे अस्पताल परिसरमा हाम्रो डाक्टरको टोली पुग्दा अस्पताल परिसरमा रहेको हेल्थ डेक्स र अस्पताल फार्मेसी लगायतमा बिरामीको भिड थियो । 

सरकारले कोरोना संक्रमणबाट जोगिन १५ जनाभन्दा बढी भेला हुन नपाइने र दुई मिटरको दुरी अनिवार्य कायम गर्नुपर्ने आदेश जारी गरेको छ । 

तर, कोरोनाको आशंकामा त्रिवि शिक्षण अस्पतालमा पिसिआर परीक्षण गराउन आउनेहरुले पनि सरकारको यो आदेश पालना गरेका थिएनन् । 

सरकारको आदेश अनुसार अस्पतालले पनि पिसिआर परीक्षणमा आउनेहरुको व्यवस्थापन गर्न सकेको छैन ।

अस्पतालको ईएनटी अर्थात् नाक कान घाँटी विभागको प्राङ्गणमा पिसिआर परीक्षण गराउनको भीड पनि स्वास्थ्य प्रोटोकल भन्दा बाहिर देखिन्थ्यो । 

शिक्षण अस्पतालमा कोराना परीक्षण र संक्रमितको उपचारसँगै अन्य रोगका बिरामीहरुको पनि उपचार हुँदै आइरहेको छ ।

तर कोरोना संक्रमितलाई भर्ना गरि उपचारका लागि राखिएको अस्पतालक भवनमा भने संक्रमितहरुका लागि उपचार व्यवस्थापन व्यवस्थित देखिन्थ्यो । 

अस्पताल प्रशासनले भने हामीले अस्पताल भित्र हुने भीडभाडलाई कम गर्न व्यवस्थापकीय कार्य गरिरहेको दावी गरेको छ । 

देशकै उत्कृष्ट सरकारी अस्पतालको सुचीमा पर्नै अधिकांश अस्पतालहरुको टिकट काट्ने, औषधि किन्ने, विल भुक्तानी गर्ने लगाएतका  डेक्सहरुमा भने अत्याधिक भीडभाड देखिन्छ । 

यसरी अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुने भीडभाडले कोरोना लगायत अन्य सरुवा रोगको संक्रमणको लागि अनुकुल वातावरण सिर्जना भइरहेको छ ।

Last modified on 2022-02-11 07:17:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts