चितवनमा मंगलबारसम्म झन्डै ४८ हजार किशोरकिशोरीले लगाए कोरोनाविरुद्धको मोडर्ना खोप



Download our app to get more features

चितवन, २६ माघ । चितवनमा ३ दिनमा झन्डै ४८ हजार किशोरकिशोरीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको मोडर्ना खोप लगाएका छन् । 

आइतवारदेखि मंगलबारसम्म जिल्लाभर विभिन्न केन्द्रबाट १२ देखि १७ वर्षसम्मका ४७ हजार ९ सय ६९ जना किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका अनुसार खोप सञ्चालन भएको पहिलो दिन आइतवार १६ हजार २ सय २८ जना, दोस्रो दिन सोमबार १८ हजार ९ सय ९० र मंगलबार १२ हजार ६ सय १७ जना किशोरकिशोरीले मोडर्ना खोप लगाएका छन् । मोडर्ना खोप भरतपुर महानगरपालिका भित्र यहि माघ २३ गतेबाट शुरू भएकोमा २८ गतेसम्म तोकिएको समयमा सञ्चालन भईरहेको छ भने अन्य स्थानीय तहले आ–आफ्नो तालिका बनाएर २३ देखि २७ गतेसम्म खोप सञ्चालन हुँदैछ । 

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी) मा पुगेर खोप लगाउन सक्ने कार्यालयले जनाएको छ । यो समूहमा अधिकांश विद्यालयस्तरका किशोरकिशोरीहरू छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजानु पर्नेछ । 

खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।

No description available.

Last modified on 2022-02-10 08:15:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts