गत २४ घन्टामा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टि,थप ११ जनाको मृत्यु
काठमाडौं,२५ माघ । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १२ हजार ६ सय ९२ कोरोना परीक्षण गरिएको छ । जसमा ८ हजार ५ सय ८७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार १ सय ८४ र ४ हजार १ सय ५ एन्टीजेन परीक्षण गर्दा ७ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ हजार १ सय ३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरानाबाट स्वस्थ हुनेको संख्या ९ लाख २० हजार ५ सय ९२ पुगेको छ।
गत २४ घन्टामा देशभर २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।